‘अपांगता भएका व्यक्तिहरुको साथमा सरकार छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुका लागि सरकार साथमा रहेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको अन्तर्किया कार्यकमा प्रधानमन्त्री ओलीले आवश्यक्ता हुनेलाई सरकारले हेर्ने बताए ।

ओलीले भने, ‘जसलाई सहयोगको आवश्यक्ता छ । सरकार तपाईहरुको साथमा छ । जीवनमा आइपरेका समस्याहरुको समाधानको लागि सरकारले सोच्छ, सोच्नैपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका केही महत्वपूर्ण काम गर्नु कामहरु गरिरहेको भन्दै त्यसबारे सरकारको काम कारबाहीका बारेमा प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए । अहिले सडकमा खाते छैन् । सरकार छ यहाँ कसैलाई खाते हुन दिइँदैन ।’

ओलीले देशमा सुशासन कायम गर्नु र विकास गर्नु नै सरकारको काम रहेको बताए । उनले जनताको समस्या पहिचान गरी सरकारले समाधान गर्ने बताए ।

प्रतिक्रिया