हिमालय अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । कला क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । ‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजित ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । अवार्ड समारोहमा संगीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ पत्रकारिता सम्मान प्रदान गरियो । विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रबन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर बम, कलाकार उत्तम केसी, गायक सीताराम पोख्रेल लगायतका अतिथि रहेका थिए ।

अवार्ड समारोहमा अतिथिले सर्जकको सम्मानका लागि गरिएको यस्ता अवार्डले यसमा संलग्न सर्जकलाई अझ प्रोत्साहन मिल्ने बताए । कार्यक्रमको निर्देशकमा भीष्मराज फुलारा र संयोजकमा गीता अधिकारी रहेको उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी दीपज्योति थापाले गरेका थिए । अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतीक, निर्देशक राजु गिरी, कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता बस्नेतलाई सम्मान गरिएको थियो । कीर्तिमानी सम्मानबाट निर्देशक माधवराज खरेल, कमलाकुमारी जोशी, पूर्णबहादुर राईलार्ई सम्मान गरिएको थियो ।

अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा. डिआर उपाध्याय (छोरी बिदाई आफ्नै छातीबाट ढुकढुकी टाढा हुने बेला भो), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो सहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकार जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड संगीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौँ माया गरौँ) लाई अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी लोकगीत ‘बैनी झ्यालैमा’बाट सर्वोत्कृष्ट मोडल बहिरा कलाकार सुजल बम, यसै गीतबाट इनकरेजमेन्ट अवार्ड बहिरा कलाकार श्रद्धा भुसाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आदित्य बुढाथोकी (ढुंगामुडा), सर्वोत्कृष्ट युगल गायन योगशकाजी र सारिका घिमिरे (हेल्लो), दृष्टिविहिन संगीतकार रमेश सुवेदी इनकरेजमेन्ट अवार्ड (सेतो छडी), गायक पदम राई जुरी अवार्ड (के गुलियो छ र सखर चिनी), सर्वोत्कृष्ट भोजपुरी गायक श्यामकुमार मिश्रा (तु जान हमार), सुरज पौडेल आधुनिक पपगायक जुरी अवार्ड (लव लव), धमेन्द्र तिमिल्सिना (क्षितिज) गीतकार इनकरेजमेन्ट अवार्ड (के भो र), गायिका उषा मालाहा (सिम्रन) नवगायिका अवार्ड (झापाको सुपारी) बाट अवार्ड प्राप्त गर्न सफल भए ।

यस्तै विकास थपलिया टेलिभिजन प्रस्तोता, चक्रबहादुर कुँवर रेडियो प्रस्तोता, राजकुमार दर्जी सर्वोत्कृट नृत्य निर्देशक, चेतनाथ दंगाल सर्वोत्कृष्ट निर्देशक (लघुचलचित्र निम्तो), मेकअप आर्टिस्ट पुरुष नारायण भट्टराई, सर्वोत्कृष्ट चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ (नेवारी चलचित्र मनु म्हसिकी), मेकअप आर्टिस्ट सुनिता मरासैनी, नायिका शुभेच्छा थापा (चलचित्र मखमली), नायिका आशा भुसाल (चलचित्र समर्पण जुरी अवार्ड) छायांकार जीवन पराजुली (चलचित्र कालेदाई जुरी अवार्ड), पुरुषोत्तम पराजुली (इन्करेजमेन्ट अवार्ड (चलचित्र बीचबाटो) ज्याक श्रेष्ठ हास्य अभिनेता (चलचित्र चंगा चेट), सोफिया बज्राचार्य नवमोडल, कपिलराज गिरी गीतकार इन्करेजमेन्ट अवार्ड (जति मन पराउ), शान भुसाल (संगीतकार जति मन पराउ), इनु थापा फेसन डिजाइनर, शेखर खनाल हास्य कलाकार, हरि यादव ग्राफिक डिजाइनर, खेमराज फुलारा छायांकार (वृतचित्र), छब्बु कार्की मेकअप आर्टिस्ट रहेका छन् ।

प्रतिक्रिया