‘जाम हिँड धनगढी’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायक विमलराज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको आवाजमा रहेको ‘जाम हिँड धनगढी’ सार्वजनिक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा गायक क्षत्रीकै शब्द, तथा संगीत रहेको छ भने संगीत संयोजन जीवन बडुले गरेका हुन् । दिलिप ओखेडाको निर्देशन रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहनुका साथै दिन्सन शाहले सम्पादन गरेका छन् ।

त्यस्तै, भिडियोमा चेत बहादुर सिंह (राजा), आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेलको अभिनय रहेको छ । विमल चौतारी युटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । माया प्रेमका प्रसंगलाई शब्दमा उठान गरेर गीत बजारमा ल्याएको गायक विमलराज क्षेत्रीले बताए ।

प्रतिक्रिया