खोजखबर

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता

सौर्य अनलाइन २०७७ माघ ९ गते १४:०२ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ। दाहाल-नेपाल समूहमा रहेका ४५ जना सांसदहरुको हस्ताक्षरसहित सांसद अरुण नेपालले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा सांसद नेपालले मुख्यमन्त्री पौडेलले जनभावना अनुसार काम गर्न असफल रहेको जिकिर गरेका छन्। प्रदेशसभा दर्ता अविश्वास प्रस्तावमाथि माघ १९ गतेको बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ।

पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको दाहाल-नेपाल समूहले भावी मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ। यो प्रदेशमा सरकार निर्माणका लागि निर्णायक प्रतिपक्षी दल नेपाली कांग्रेस अझै पनि अनिर्णित रहेको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय