तारादेवीको सम्झनामा कार्यक्रम हुँदै

काठमाडौं । स्वर किन्नरी तारादेवीको स्मृतिमा ‘सम्झनामा तारादेवी तथा सम्मान कार्यक्रम’ हुने भएको छ । तारादेवी स्मृति फाउन्डेसनले तारादेवीका गीतसंगीतलाई जीवन्त राख्न एक दर्जन बढी गीत प्रस्तुत गर्ने जनाएको छ । तारादेवीको १५औं स्मृतिमा हुन लागेको कार्यक्रममा ज्ञानु राणा, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, प्रश्ना शाक्य, सरिता शाही, गीता पाण्डे, एञ्जेला श्रेष्ठ, सुजाता बर्मा लगायत गायक, गायिकाबाट गीत संगीत प्रस्तुत गरिँदै छ ।

फाउन्डेसनका अध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसीले कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा तारादेवीका गीतसँग जोडिएका विभिन्न सर्जकलाई सम्मान गर्ने उनले जानकारी दिए ।

यसै कार्यक्रमको अवसर पारेर रचनाकार भैरवनाथ रिमाल ‘कदम’, संगीतकार गणेश परियार तथा गायिका ज्ञानु राणालाई नगद र ताम्रपत्रसहित सम्मान गरिनेछ । काठमाडौं महानगरपालिकाको सहकार्यमा राष्ट्रिय सभागृहमा शुक्रबार कार्यक्रम हुँदैछ । तारादेवीका कालजयी गीतको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेर २०७५ सालमा तारादेवी स्मृति फाउन्डेसन स्थापना गरिएको हो ।

प्रतिक्रिया