बिओकेको ग्राहकलाई लाभी रेष्टुरेन्टमा छुट

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) लिमिटेडका ग्राहलाई लाभी रेष्टुरेन्टमा छुट दिने सम्झौता भएकोछ । बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिसत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता पश्चात ग्राहकले लाभी रेस्टुरेन्टको सेवा उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिसत छुट पाउनेछन । सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लाभि रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका हुन ।

बिओकेले ८९ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया