सुतिरहेको मान्छेमाथि ट्रक दौडियो, किचेर १३ जनाको मृत्यु

काठमाडाैं । भारतको गुजराजतमा एक भयानक दुर्घटना भएको खबर छ । सुरतस्थित कोसान्बामा ट्रकले किचेर १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार मृतकहरु मजदुर हुन् भने फुटपाथमा सुतिरहेका बेला ट्रक एकाएक उनीहरुमाथि दौडिन पुगेको थियो । गएराति भएको सो दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएको बताइएको छ । प्रहरीले चालक सहचालकलाई गिरफ्तार गरेको छ ।

प्रतिक्रिया