सुमनको शब्द र लवकुमारको आवाजमा ‘मनको ताराले’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार सुमन बैरागी पण्डितको शब्द सिर्जनामा गायक लवकुमार भट्टको आवाज रहेको लोकपप गीत ‘मनको ताराले’ सार्वजनिक भएको छ । आफूलाई लोकदोहोरी गायनका रुपमा स्थापित गराएका गायक भट्टकोे पछिल्लो उक्त गीत सार्वजनिक भएको हो ।

गायक लवकुमारले नै गीतमा संगीत भरेका छन् भने महेशविक्रम पाण्डेको संगीत संयोजन रहेको छ । उक्त गीतको भिडियो डिपलभ क्रियशनको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गायक भट्टकै निर्देशनमा तयार भएको भिडियोमा किबोर्डमा हिरा खनाल, मादलमा मोहन गोर्खाली, तबलामा राजु परियार र गिटारमा महेशविक्रम पाण्डेलाई देख्न सकिन्छ ।

गायक भट्टले यसभन्दा अगाडि पनि दुई दर्जनभन्दा बढी गीतहरु बजारमा ल्याइसकेको जानकारी दिए । पछिल्लो समय सार्वजनिक यस ‘मनको ताराले’ गीतमा माया प्रेमका प्रसंगलाई उठान गरेर शब्द सिर्जना गरिएको सञ्चारकर्मी एवं गीतकार सुमन बैरागीले बताए ।

प्रतिक्रिया