अब बस टिकटको भुक्तानी क्युआर बाटै

काठमाडौं । लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि/वालेट बाट क्युआर स्क्यान गरि फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ । क्युआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध भएको छ ।

क्युआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ । लक्ष्मी बैंकले विगतमा क्युआर पेमेन्ट लाई अस्पताल ,शपिङ्ग मल , इन्टरनेट सेवाप्रदायक लगायत विभिन्न साना( ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ क्ष्

प्रतिक्रिया