‘ओली समूह रूखबाट बोक्रा उछिट्टिएझैं अलग्गिएको हो’

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ९ गतेको उपत्यकाकेन्द्रित आन्दोलन कडा बनाउन निर्देशन दिएका छन् । अनेरास्ववियूले आइतबार आयोजना गरेको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै आन्दोलनमा सम्पूर्ण शक्ति परिचालन गर्न भनेका हुन् ।

उनले ९ गते पार्टीले आयोजना गरेको आन्दोलनलाई प्रभावकारी, दबाबमूलक बनाउन उपत्यकालाई अस्तव्यवस्त बनाउने, आवागमन प्रभावित बनाउनेगरी अघि बढ्न भनेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी फुटाउने अधिकार नभएको बताए । उनले मूल पार्टी नेकपा नै रहेको र ओली समूह चोइटिएको बताए ।

उनले ओली समूह रूखबाट बोक्रा उछिट्टिएझैँ अलग्गिएको बताए । उनले पार्टीको आधिकारिकताको लडाइँमा नेकपाले नै जित्ने पनि बताए । निर्वाचन आयोगले कसैको मुख हेरेर होइन, दल ऐनअनुसार निर्णय गर्नुपर्ने बताए ।

प्रतिक्रिया