रुटको सानदार दोहोरो शतक

कोलम्बो । इंग्ल्यान्डका कप्तान जो रुटले श्रीलंकाविरुद्ध पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् ।
तेस्रो दिन १ सय ६८ रनबाट खेल्न सुरु गरेका रुटले पहिलो सेसनमा दोहोरो शतक पूरा गरेका छन् । रुटले २ सय ९१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै करिअरको चौथो दोहोरो शतक पूरा गरे । समग्रमा श्रीलंकाविरुद्ध रुटको दोस्रो दोहोरो शतक हो । रुटले मिड विकेटमा लासिथ एम्बुल्डेनियालाई चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए । रुट २ सय ९६ बलमा १६ चौका र १ छक्का सहित २ सय ६ रनमा रन खेलिरहेका छन् ।

रुटले श्रीलंकाविरुद्ध २०१४ मा घरेलु मैदान लर्ड्समा २ सय रनमा अविजित रहँदै करिअरको पहिलो दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तानविरुद्ध २०१६ मा घरेलु मैदान म्यानचेस्टरमा रुटले टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ५४ रनको इनिङ खेलेका थिए । गतवर्ष रुटले न्युजिल्यान्डविरुद्ध हामिल्टनमा २ सय २६ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए । इंग्ल्यान्डले तेस्रो दिन पहिलो सेसनको खेल जारि रहँदा ३ सय ८२ रन बनाउँदै ७ विकेट गुमाएको छ ।

त्यसअघि दोस्रो दिन डेब्यू खेल खेलेका ड्यान लरेन्स १ सय ५० बलमा ६ चौका र १ छक्का सहित ७३ रनमा क्याच आउट भएका थिए । जोनी बेयरस्टो ४७, ज्याक क्रली ९ र डोम सिब्ले ४, जस बटलर ३० र साम करन शून्यमा आउट भए । श्रीलंका लासिथ एम्बुल्डेनियाले ३ र एसिथा फ्रेनान्डोले २ विकेट लिएका छन् ।

त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ४६.१ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कप्तान दीनेश चान्डिमलले २८, कुशल परेरा २०, एन्जिालो म्याथ्युज २७ र दसुन शनका २३ रनको योगदान दिए । इंग्ल्यान्डका स्पिनर डोम सिब्लेले १०.१ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ३ र ज्याक लेचको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया