एनएमबि बैंकको २५औं साधारण सभा

काठमाडौ । एनएमबि बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैक संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । कोभिड १९ को कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स प्रविधि मार्फत संचालन गरी शेयरधनीको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६÷७७ को वितरण योग्य नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३ दशलमव २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाले बैंकले अधिकृत पूँजी १६ अरबबाट बृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया