खोजखबर

वनको जग्गामा पक्की घर : राज्यमन्त्री मण्डलले गरे शिलान्यास, स्थानीय आक्रोशित

आलोक यादव २०७७ पुष २९ गते २०:०४ मा प्रकाशित

सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वनकै जग्गामा पक्की घर निर्माणको शिलान्यास गरेका छन् । यसअघि १४ बर्षीया बालिकालाई लाखौं रकम दिएर वालविवाह गराइदिएको घटना समाप्त नहुँदै राज्यमन्त्री मण्डलले वनकै जग्गामा जनता आवास कार्यक्रम अन्र्तगतको पक्की घर निर्माण गराउँन थालेपछि स्थानीय आक्रोशित भएका छन छन् । सिरहाको नरहा ३ स्थित रहेको जोभा प्राकृतिक सामुदायिक वनको करिब चार कठ्ठा जग्गा कब्जा गरी जनता आवासको पक्की घर विना नक्शाकै निर्माण गर्न पुस १५ गते राज्यमन्त्री मण्डलले शिलान्यास गरेका हुन ।

जहाँ वन ऐन ७६ को दफा ७ बमोजिम वनक्षेत्रमा कुनै किसिमको घर, टहरा, छाप्रो, पक्की घर निर्माण गर्ने गराउँने त्यस्ता व्यक्तिलाई ५ बर्ष कैद र १ लाख जरिवाना तोकिएको छ । वनको जग्गामा घर बनाउँने तथा बनाउँन लगाउँने मन्त्री होस तथा देशको जुनसुकै अधिकारीलाई वन ऐन अनुरुप कारवाहीको प्रक्रियामा ल्याउँन सरोकारवाला निकायमा उजुरी तथा मुद्दा दायर गर्नुपर्ने कानुन व्यवसायी गुमस्ता यादवले बताए ।

जोभा प्राकृतिक सामुदायिक वन नरहा ३ सिरहाका अध्यक्ष हरि यादवले यो वनक्षेत्रमा पक्की घर निर्माणको लागि राज्यमन्त्री सुरेश मण्डलले स्थानीय केही व्यक्तिलाई प्रोत्साहन गरिएको हो । यसलाई रोक्न प्रदेश २ सरकारमा डेलिगेशन गए । अहिलेसम्म ठोस प्रतिक्रिया आएको छैन अध्यक्ष यादवले बताए । यसबारे डिभिजन वन कार्यालय लहान सिरहाले मौनता साधेको छ भने वन अधिकृत सम्पर्कमा आउँन चाहदैनन् । वन अधिकृतिलाई पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय