विश्व

चीनमा सुनखानी विष्फोट : २२ मजदुर थुनिए

सौर्य अनलाइन २०७७ पुष २८ गते १२:१६ मा प्रकाशित

काठमाडौं । चीनको शाङडोङ प्रान्तको सिचेङमा रहेको एक सुनखानीमा आइतबार विष्फोट हुँदा सुरुङमा २२ मजदुरहरु थुनिएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेअनुसार अहिलेसम्म थुनिएका मजदुरहरुसँग अधिकारीहरुको सम्पर्क हुन सकेको छैन । मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको समाचारमा उल्लेख छ ।

सिन्ह्वाका अनुसार विष्फोटको कारण सुङभित्रको कम्युनिकेसन सिग्नलमा पनि क्षति पुगेकाले भित्र थुनिएका मजदुरहरुसँग सम्पर्क हुन नसकेको हो । यसअघि गत डिसेम्बरमा महिनामा पनि चीनको चोङकिङ सहरस्थित एक खानीमा विष्फोट हुँदा १८ मजदुरहरुको मृत्यु भएको थियो । त्यस्तै गत सेप्टेम्बरमा पनि चोङकिङकै एक कोइला खानीमा थुनिएका १६ जनाको अत्यधिक कार्बन मोनोअक्साइडको कारण भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय