इजरायलका प्रधानमन्त्रीले लगाए कोरोना भ्याक्सिनको दोश्रो डोज

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आईतवार हेल्थ मिनिस्टर यूली एडेलस्टीनसँगै फाइजर भ्याक्सिनको दोश्रो डोज लगाएका छन् ।

त्यसपछि नेतान्याहूले सोसल मिडियामा दोश्रो पटक भ्याक्सिन लिनु जिन्दगी तर्फ फर्किनु भएको बताएका छन् ।

सबै इजरायली नागरिकलाई २ ३ महिना भित्र भ्याक्सिन लगाइनेछ । त्यसपछि मात्रै आफ्नो इकोनोमि खोल्ने उनले बताएका छन् । उनले २० डिसेम्बरमा पहिलो पटक भ्याक्स्निको पहिलो डोज लिएका थिए ।

प्रतिक्रिया