लक्ष्मी बैंकको सहुलियत कर्जा

काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बुकोे थुलुग दुधकोसी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता गरेको छ । सो सम्झौताअन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमी, सहकारीलगायत अन्य संघसंस्थाले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । एक कार्यक्रमका बीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुग दुधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गाउँपालिकामा कृषि तथा पर्यटनलगायत सम्भाव्यता बोकेका क्षेत्रमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा राखेको पनि बैंकले जनाएको छ । सम्झौताले स्वरोजगार तथा उद्यमशीलता विकास गरी आर्थिक रूपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया