चीनमा वैदेशिक लगानी बढ्दाे

काठमाडौं । चीनमा वैदेशि लगानी बढ्दाे क्रममा रहेको छ । अमेरिका र यसका सहयोगी मुलुकहरुले चीनसँगको व्यापार सम्बन्धमा न्युनीकरण गरेपनि विदेशी लगानी भित्रिने क्रममा तेजी आएको छ ।  अहिले कोरोना भाइरसको प्रकोपाले विश्व अर्थतन्त्रमा मन्दी आइरहेको छ । सोही कारण विभिन्न विदेशी कम्पनीहरु चीनबाट पलायन भएको खबरहरु सार्वजनिक भइरहेका बेला चीनको सरकारी तथ्यांकका अनुसार यी सबै चुनौतीलाई पार गर्दै चीनमा वैदेशिक लगानी बढेको देखाइएको छ ।

चीनमा नयाँ वैदेशिक लगानीले सन् २०२० मा रेकर्ड तोड्ने संकेत देखाएको छ । चीनको वाणिज्य मंत्रालयको तथ्यांक अनुसार गत वर्षको कुल वैदेशिक लगानीको ९ सय ४५ प्रतिसतको हिस्सा बराबरको लगानी यो वर्षको नोभेम्बरसम्ममै पूरा भइसकेको उल्लेख छ । यो वर्ष विदेशी लगानी भित्रिने क्रम नरोकिने र यसले अर्थतन्त्र थप मजबुत हुनेमा चीन आशाबादी रहेको देखिएको छ ।

यता, अमेरिकी तथा अन्य देशका कम्पनीले पुनः चीनमा लगानी गर्ने क्रम बढाउने विश्लेषकहरुको भनाई छ । कोरोना भाइरस महामारीका बीचमा पनि चीनको अर्थतन्त्र भने मजबुत देखिएको थियो । त्यतिखेर ट्रम्प प्रशासनको चीनसँग सम्बन्ध तनावपूर्ण रहेको थियो । विशेषगरी प्रविधिसँग सम्बन्धित कम्पनीमा ट्रम्प प्रशासन कडा देखिएको थियो । हाल अमेरिकामा सरकार परिवर्तनपछि चीनले कस्तो नीति अवलम्बन गर्छ भन्ने अन्योलता पनि कायमै रहेको छ । तर चीनमा लगानी बढ्ने क्रम भने रोकिएको छैन ।

चीन पनि विदेशी लगानी भित्रयाउनका लागि कटिबद्ध देखिएको छ । चीन सरकारले यो साता एक सूची सार्वजनिक गर्दै विदेशी लगानी वञ्चित गरिएका क्षेत्र पनि घटाएको छ । कोरोना महामारी र पहिलो त्रैमासमा खुम्चिएको अर्थतन्त्रका बाबजुत यो वर्षको पहिलो ७ महिनामा चीनमा १९ हजार विदेशी कम्पनी दर्ता भएका छन् । सबैभन्दा धेरै अटोमोबाइल कम्पनीको वृद्धि भएको छ । कोरोना संक्रण अघि पनि चीन विश्वकै ठूलो कार बजारका रुपमा थियो ।

पछिल्लो समय विश्वका कार निर्माता कम्पनीको नजर फेरि चीनमै केन्द्रित रहेको छ । चीनमा रहेका अमेरिकी कम्पनी विभिन्न दबाबका बीच फेरि त्यही स्थापित हुने तयारीमा देखिएका छन् । अहिले चीनमा २ सय भन्दा बढी अमेरिकी उत्पादनमूलक कम्पनीहरु रहेका छन् । जापान, दक्षिण कोरिया र ताइवानले चीनसँगको आर्थिक निर्भरता कम गर्ने नीति लिएका छन् । तर यसको असर भने मिश्रित देखिएको छ । ताइवानले चीनबाट लगानी फिर्ता ल्याएर स्वदेशमै पुँजी बढाउने दीर्घकालीन नीति लिएको छ । जापान सरकारले स्वदेशमा लगानी गर्ने कम्पनीहरुलाई सहुलियत दिन थालेको छ ।

प्रतिक्रिया