दैलेख । दैलेख जिल्ला चामुन्डाबिन्द्रासैनी नगरपालिका वडा नं। ९ डङसुर स्थित रानीबन फलफुल चाका भन्ने स्थानमा घर पोत्ने माटो माटो निकाल्न गएको १ जनाको मृत्यू भएको छ । शुक्रबार चामुन्डाबिन्द्रासैनि नगरपलिका वडा नं ९ बस्ने बर्ष ३२ कि भद्रा नेपाली उपचारको क्रममा स्वास्थ्य चौकि बिन्द्रासैनिमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उनि संगै माटो लिन घएकी २९ कि बुद्दी नेपाली घाइते भएकी छिन् । माटोको खानमा पुरीएको खबर पाउँना साथ इलाका प्रहरी कार्यालय दुल्लू र जम्बुकाँधबाट गएको टोलिले उनिहरुको उद्धार गरी स्वास्थ्य चौकी पु¥याए को र एक जनाको उपचाको क्रममा मृत्यु भएको हो । उनिसंगै माटो लिन गएकी बुद्दी घाइते भएकोर उनको स्वास्थ्य चौकीमै उपचार भइरहेको प्रहरी प्रमुख अनुपम श्रेष्टले जानकारी दिए ।
दैलेख
प्रतिक्रिया