हेमचन्द्र पुरस्कार कोष स्थापना

बागलुङ । गण्डकी प्रदेशमा सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा कलम चलाउने पत्रकार र मानवाधिकारकर्मीलाई पुरस्कृत गर्ने लक्ष्यका साथ पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ‘हेमचन्द्र स्मृति पुरस्कार कोष’ स्थापना गरेको हो । महासंघ बागलुङ शाखाका साधारण सदस्य तथा कानून व्यवसायी राम शर्मा र उनको परिवारले आफ्ना दिवंगत बाबुआमाको स्मृतिमा कोष स्थापना गरेको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिए । दुई लाख ५० हजारको अक्षयकोषबाट आउने ब्याज रकमले हरेक वर्ष साधारणसभाका अवसरमा उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ ।

अध्यक्ष शिरिषले भने, ‘पारदर्शिता र जवाफदेहिताको विकासमा यो कोषले थप टेवा पु¥याउनेछ । पत्रकार र मानवाधिकारकर्मीलाई पुरस्कारले ऊर्जा भर्नेछ ।’ यसअघि महासंघ बागलुङ शाखाले नन्दहरि क्रियाशील पत्रकारिता पुरस्कार र हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । नयाँ कोष स्थापना भएसँगै महासंघ बागलुङ शाखामा तीनवटा पत्रकारिता पुरस्कार पुगेका छन् ।

प्रतिक्रिया