कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाले बाढी तथा पहिरो पिडित परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेको छ । सिचाईकुलो भत्किएका कारण शुभकालिका ८ का ८३ घर परिवारले ठुलो क्षति भोग्नु परेको थियो । गाउँ नै पहिरोको उच्च जोखिममा रहेको वडा ८ का ८३ घर परिवारका चार सय ४३ परिवारका सदस्यलाई ६०० बोरा चामल प्रदान गरिएको छ ।
गाउँ नै छोड्नु पर्ने र खाद्यान्न आपुर्ती सहयोगवाटै गर्नु पर्ने परिवारलाई गाउँपालिकाले एकै पटक ६०० वोरा चामल दिएको हो । गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले हिउँदको समयमा अन्य कुनै पनि काम नहुने र छाक टार्नका लागि समस्या भएकाले एकमुष्ट खाद्यान्न सहयोग गरेको बताए।
अध्यक्ष चौलागाईले भने, ‘कुनै योजना सञ्चालनमा आएको भए काम गरेर भए पनि परिवारका सदस्यको हातमुख जोड्न सक्थे तर अहिले कुनै योजनाको काम पनि सुरु नभएको र चिसो पनि भएकाले काम गर्न कठिन भएकाले बाढी पिडित परिवारको चुलो वाल्नका लागि चामल, दाल, नुन लगाएका खाद्यन्न वस्तु वितरण गरेका हौं ।’ बाढी पिडितलाई पटक पटक गाउँपालिकाले सहयोग गदै आएको छ ।
बिद्यालय जाने बिद्यार्थीलाई स्थानीय सरकारकै आग्रहमा गैरसरकारी संस्था किर्डाक नेपालले सहयोग गरिरहेको छ, भने परिवारलाई गाउँपालिकाले खाद्यान्न सहयोग गरिरहेको छ । उनिहरुको बस्ति स्थानान्तरणका लागि पनि गत वर्षवाट पहल भएको तर कुन ठाउँमा राख्ने भन्ने एकिन हुन नसकेको अध्यक्ष चौलागाँईले बताए । गाउपालिकाकी उपाध्यक्ष पम्फाकुमारी शाहीले आफ्नो पालिका भित्रका नागरिकहरु पिडामा देख्न नसक्ने बताउदै शुभकालिका ८ मा १० लाख बराबरको राहत बितरण गरेको बताईन् ।
कालिकाेट
प्रतिक्रिया