दोहोरो नागरिकता लिने महिला पक्राउ

स्याङ्जा । दोहोरो नागरिकता र राहदानी लिएको कसुरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक महिलालाई पक्राउ गरेको छ । पुतलीबजार नपा–३ घर भई हाल कास्की जिल्ला पोखरा मनपा–५ मालेपाटनमा डेरा गरी बस्ने वर्ष ३३ की मन्जु क्षेत्रीले जिल्ला प्रशासन कार्यालय सुनसरी र स्याङ्जाबाट दोहोरो नागरिकता र राहादानी लिएको प्रहरीले जनाएको छ ।
क्षेत्रीले गत १ मंसिरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट फरक विवरण पेस गरी ४२१०६२/१०/१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिइन् । उनले दोहोरो नागरिकता र रहादानी लिएको गोप्य सूचनाको आधारमा प्रहरीले क्षेत्रीको घर खानतलासी गरेको थियो ।

कास्कीस्थित क्षेत्रीको डेराबाट जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारि भएको ४२१०६२/१०/१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी फेला पारेका थियो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६/०२/७५/०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं.राहदानी फेला पारेका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

फरक विवरण पेस गरी निकालिएको नागरिकता र राहादानी प्रहरीले नियन्त्रणमा लिएको छ । क्षेत्रीलाई पक्राउ गरी ‘नागरिकतासम्बन्धी कसुर’ मुद्दा दर्ता गरिएको जिप्रका स्याङ्जाले जनाएको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया