दैलेख । दैलेख दुल्लु नगरपालिका ४ कालाखोलामा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ । दुल्लु–सुर्खेत सडक खण्डमा सुर्खेत देखि दैलेख डाँडीमाडी सम्म चामल लोड गरी आउँदै गरेको भे १ त ७४८१ नम्बरको ट्याक्टर सडकबाट झण्डै २५ मिटर तल खसेको हो ।
ट्याक्टरमा सवार ठांटीकाँध गाउपालिका १ दैलेख बस्ने वर्ष २७ को दिनेश शाहीको घट्नास्थलमै मृत्यु भएको हो । शवलाई दुल्लु अस्पतालमा राखिए प्रहरीले जनाएको छ ।
प्रतिक्रिया