आलोचनात्मक टिप्पणी सहित कलम चलाउन मन्त्री आङवोको अनुरोध

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङवोले पाटी भित्रको आलोचनात्मक टिप्पणी सहित कलम चलाउन सञ्चारकर्मीहरु लाई अनुरोध गरेका छन । फिदिममा आयोजित प्रेस संगठन नेपालको जिल्ला कमिटीको सफत ग्रहण कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन । संगठन एकीकरण पछि पाँचथरमा कमिटिसदस्यहरुलाई आज सफत ग्रहण गराइएको हो । सो अवसरमा प्रदेश कमिटि संयोजक राजन केडीले सफत पत्र पढेर आधार्दजन बढी पत्रकारलाई सफत गराए ।

समारोका प्रमुख अतिथि मन्त्री आङवोले पत्रकारीतामा सत्ताको अन्धभक्त नहुन आग्रह गरे । कलम चाउन पार्टी भित्रका गतिविधिको रचनात्मक तथा आलोचनात्मक टिप्पणी गर्नु र सार्वजनिक गर्नुलाई आफुलाइ सदैव स्वागत योग्य रहने उनले बताए । आङवोले सत्ताको भजनमण्डली नभएर आलोचनात्मक कलमको आवस्यता रहेको बताए । मन्त्री आङवोले पार्टीले गरेको गलत प्रबृतिलाई भण्डाफोर गर्न निर्देशन दिएका छन ।


मन्त्री आङवो नेकपा पाँचथर जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य समेत भएकाले सगठनमाझ उक्त अनुरोध (निर्देशन) दिएका हुन । गृहजिल्ला आएका मन्त्री आङवोले फरक प्रसगमा पाटी भित्रको बिवादलाइ सहमतिको विन्दुमा मिल्नुको बिकल्प नभएको जनाए । दूवै अध्यक्षहरु बीचको बिवाद समाधान नभएमा, एकताको सम्झौताबाट निस्केकोे बिवादलाई टुङयाउन लेलिनबादी सिद्धान्तबाट समाधान खोजिने जनाए ।

त्यस्तै, सफत ग्रहण पछि सदस्यहरुलाई संयोजक केडिले श्रमजिवि पत्रकारीताको मर्मलाई पालना गरी वर्गीयरुपमा कलम चलाउन अनुरोध गरे । सफत समारोहमा नेकपा केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य तथा जिल्ला सहईन्चार्ज अईन्द्र शुन्दर नेम्वाङ, नेकपा प्रचार बिभाग प्रमुख धनकुमार फियाकले शुभकामना दिएका थिए । प्रदेश सांसद, प्रदेश कमिटी सदस्य, जिल्लाका नेताकार्यताहरु को सहभागिता रहेको थियो ।

सफत ग्रहरण समारोह पे्रस संगठन नेपाल पाँचथरका संयोजक तुलसि थापाको अध्यक्षतामा भएको थियो, भने पार्टी प्रचार विभाग सह–संयोजक बिजय वोध लावतीले स्वागत गरेका थिए । त्यस्तै, सफत कार्यक्रमलाई संगठन सह–संयोजक घनेन्द्र केरुङले संचालन गरेका थिए ।

पाँचथरका केहि पार्टीका माउ नेताहरु मिडिया मैत्री नभएको र सिमित मेडियाकर्मीहरु रहेको, साथै भएका मिडियालाई आफू अनुकुल प्रयोग गरेको भन्दै एक जिम्मेवार नेताले समिक्षा गरेका छन । पाँचथर प्रेस संगठनले पार्टी नेता, संगठनका नेता र मन्त्रीलाइ मायाको चिनो हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया