‘भूउपयोग नीति प्रभावकारी बनाउन आवश्यक’

पाँचथर । फिदिम नगरपालिकाभित्र मेची राजमार्गले छोएका क्षेत्रहरूमा भूउपयोग नीति प्रभावकारी बनाउन आवश्यकता रहेको फिदिम नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जनाएका छन् । अधिकारीले भूउपयोग लागू गर्न नेपाल सरकारले ऐन २०७६ ल्याए पनि ऐन प्रभावकारी हुन नसकेको जिकिर गरे ।

ऐनले भूउपयोग योजना बनाउन काम तोकेको छ । सडकले छोएको वा नछोएको जग्गालाई भूउपयोगले योजना बनाई कृषि जग्गा कुन हो, औद्योगिक क्षेत्र कुन हो, कलकारखाना क्षेत्र कुन हो, जंगल जडिबुटी क्षेत्र कुन हो, एकीकृत आवास क्षेत्र कुन हो, घरजग्गा, पूर्वाधार योजनामा भूउपयोग नीति लागू हुन अपरिहार्य रहेको जनाइएको छ ।

नगरले घर जग्गा, जग्गा खरिद विक्री गर्न मापदण्ड तोकिए बमोजिम वडा कार्यालले सिफारिस दिने गरेको छ । र, वडास्तरसम्म भूउपयोग योजना बनाइ लागू गरिनुपर्ने आवश्यकता रहेको छ । तर, भूउपयोगअनुसार क्षेत्र निर्धारण प्रभावकारी हुन नसकेको र वडास्तरसम्म लागू गर्दा फिदिम नगरको पूर्वाधार विकासमा टेवा पुग्ने अधिकृत अधिकारीको भनाइ छ ।

पूर्व क्षेत्रको पाँचथर, नमुना सहर फिदिमलाई दीर्घकालीन रूपमा भूउपयोग लागू गरी एकीकृत वस्ती बनाउन आवश्यकता रहेको जनाइएको छ । विकास निर्माण गर्दा पूर्वाधार विकासले बजार तथा बाहिर क्षेत्रहरूमा पूर्वाधार विकासमा भूउपयोग नीति योजना बनाई व्यवस्थित विकास योजना बनाउन आवश्यकता रहेको नगरअधिकृत अम्बिकाप्रसाद अधिकारीको भनाइ रहेको छ ।

प्रतिक्रिया