कोरोनाका कारण शैक्षिक सत्रमा भयानक असर

कालीकोट । महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण कालिकोटका विद्यालयमा पढाइमा समस्या देखिएको छ । विद्यालय शैक्षिक क्षेत्र भने दिनप्रतिदिन फितलो देखिएको छ । कोरोना संक्रमणले गर्दा जिल्लाको शैक्षिक सत्र नै प्रभावित भएको छ । गत चैतवाट बन्द शैक्षिक संस्था मङ्सीर सम्म बन्द हुँदा एक शैक्षिक सत्रमै असर परेको शैक्षिक सरोकारवालाहरुको भनाई रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख महेश देवकोटाले कोरोनाका कारणले विद्यालय बन्द हुँदा देशभरी बलात्कार तथा दुव्र्यवहारका घटनामा पनि बृद्धी आएको बताए । प्रमुख देवकोटाले शिक्षाको क्षेत्रमा ४५ मिनेटको विषय छुट्दा त शैक्षिक क्षेत्रमा ठूलो असर परेको समिक्षा हुने गरेको स्मरण गदै पछिल्लो समय ९ महिनाको बन्दाबन्दीले शैक्षिक सत्रको उपलब्धी एक वर्ष पछि परेको बताएका हुन् ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर कोभिड १९ ले शिक्षामा पारेको प्रभावका बारेमा आयोजित अन्तरक्रियामा बोल्दै प्रमुख देवकोटाले कालीकोटका अधिकांश विद्यालय क्वारेन्टाईन बनाउदा विद्यालयका भौतिक संरचनामा समेत क्षति पुगेको हुँदा विद्यालय खुलेपनि बिद्यार्थीलाई सहज नभएको बताए । उनले भने, ‘विद्यालयका भौतिक संरचना आपुर्तिका लागि शिक्षा मन्त्रालय र विभागमा माग गर्छु ।’

खाँडाचक्र नगरपालिकी उपप्रमुख विजया विष्टले ठाउँको अभावले विद्यालयलाई क्वारेन्टाईन वनाउदा विद्यार्थीमा मानसिक असर परेको स्वीकार गरिन् । विष्टका अनुसार केही विद्यालयमा मनोसमाजिक सहजकर्ता खटाउनु पर्ने अवस्था आएको भन्दै पछिल्लो समय आवस्यक समाधानी अपनाएर हप्तामा ६ दिन विद्यालयमा पुरै पढाई सञ्चालन गर्न नगरभरीका ३८ विद्यालयका प्रधानाध्यापकलाई निर्देशन गरेको बताईन् ।

साथै विष्टले अर्को प्रशंगमा कोल्दै मानव अधिकारको रक्षा र छिटो न्याय दिनका लागि जनशक्तीकै अभाव भएको बताइन् । कोरोनाका कारण विद्यालय वन्द भए । तर, गाउँमा छोरा जन्मीदा खेलिने छैटी र राजनीतिक दलका कार्यक्रम भने नरोकिएको धेरैले गुनासो गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई कालीकोट र शिक्षाका लागि राष्ट्रिय अभियानले संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै शैक्षिक अभियान्ता पदम बहादुर मल्लले गाउँमा दलका भेलादेखि देवी देवताका मन्दिरमा हजारौँको जात्रा लगाउन हुने, तर विद्यालय खोल्न नहुने भन्ने भनाई कुनै पनि तहका सरकारको भनाई न्यायसँगत नभएको बताए ।

उनले कोरोना विद्यालयमा पढ्न आएका विद्यार्थीबाट मात्र सर्छकी भन्दै प्रश्न समेत गरे । आफूले गत भदौबाट नै आफ्नो विद्यालयमा पढाई सूचारु गरेको तर, अहिले सम्म कुनै पनि कोरोना संक्रमण नभएको बताए ।

पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले वन्दावन्दीका वेला पनि शिक्षाका लागि राष्ट्रिय अभियान, किर्डाक नेपाल र शिक्षा बिकास तथा समन्वय इकाईले कोरोना जोखिमका बिचमा वैकल्पीक शिक्षा सञ्चालनका लागि रणनीति तयार गरेको बताए । उनले बजेट अभावका कारणले जिल्ला भरी लागू गर्न नसकेपनि केही स्थानीय तहमा वैकल्पीक शिक्षाको माध्यमबाट कक्षा सञ्चालन गरेको बताए ।

पत्रकार महासंघका प्रदेश सदस्य बिस्नप्रसाद न्यौपानेले विद्यालयलाई राजनीतिक गर्ने अड्डा बनाउने गरेको बताए । तर, विद्यालय सुधारप्रति भने कसैको चासो भने गएको देखिँदैन । पछिल्लो समय कोरोना भाइरस संक्रमणको डर धेरै भए पनि कालिकोटमा बलात्कारका घटनाहरुमा बृद्धि भएको एक तथ्यांकमा छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया