भूउपयोग्य नीति प्रभावकारी बनाउन आवश्यक : अधिकृत अधिकारी

पाँचथर । फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद अधिकारीले नगरपालिकाभित्र मेची राजमार्गले छोएका क्षेत्रहरुमा भूउपयोग्य नीति प्रभावकारी बनाउन आवश्यकता रहेको बताएका छन् ।

भूउपयोग्य नीति लागू गर्न सरकारले ऐन २७६ आएको बताउँदै आए पनि उक्त ऐन प्रभाकारी हुन नसकेको उनको भनाई छ । ऐनले भूउपयोग्य योजना बनाउन काम तोकेको छ ।

सडकले छोएको वा नछोएको जग्गालाई भूउपयोग्यले योजना बनाई कृषि जग्गा कुन हो, औद्योगिक क्षेत्र कुन हो, कलकारखाना क्षेत्र कुन हो, जंगल जडिबुटी क्षेत्र कुन हो, एकिकृत आवास क्षेत्र कुन हो, घर जग्गा, पूर्वाधार योजनामा भूउपयोग्य नीति लागू हुन अपरिहार्य रहेको जनाइएको छ ।

नगरले घर जग्गा, जग्गा खरिद बिक्री गर्न मापदण्ड तोकिए बमोजिम वडा कार्यालले सिफारिस दिने गरेको छ भने वडास्तरसम्म भूउपयोग्य योजना बनाई लागू गरिनुपर्ने आवश्यकाता रहेको छ ।

तर, भूउपयोग्य अनुसार क्षेत्र निर्धारण प्रभावकारी हुन नसकेको र वडास्तरसम्म लागू गर्दा फिदिम नगरको पूर्वाधार विकासमा टेवा पुग्ने अधिकृत अधिकारीको भनाई छ ।

पूर्व क्षेत्रको पाँचथर, नमुना सहर फिदिमलाई दिर्घकालिन रुपमा भूउपयोग्य लागू गरी एकृति वस्ति बनाउन आवश्यकता रहेको उनले बताए ।

विकास निर्माण गर्दा पूर्वाधार विकासले बजार तथा बाहिर क्षेत्रहरुमा पूर्वाधार विकासमा भूउपयोग्य नीति योजना बनाई व्यवस्थित विकास योजना बनाउन आवश्यकता रहेको अधिकृत अधिकारीले विचार व्यक्त गरे ।

प्रतिक्रिया