कालिगण्डकीको डोजरमा आगजनी

स्याङ्जा । शनिबार राती स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको डोजर आगजनी भएको छ । लु १ क २६७४ नं को जेसिबी जलेर पूर्ण नष्ट भएको वडा–५ का वडाध्यक्ष लोकेदार थापाले जानकारी दिए । सडक स्तरोन्नति र नयाँ ट्रयाक निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले वडा–५ मा उक्त डोजर पठाएको थियो । कालीगण्डकी गाउँपालिकाको जैपतेदेखि गल्याङ नगरपालिकाको इलुंगा सम्मको सडक स्तरोन्नति र जैपते, वीरडाँडा, धोला फोक्सिङ, करिकुवासम्मको नयाँ ट्रयाकको काम सकेर डोजर पार्किङमा राखिएको थियो ।

वडा–५ को रिप भन्ने स्थानमा पार्किङ गरिएको साधनमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष लोकेदार थापाले जानकारी दिए । विकास निर्माणमा अवरोध पु¥याउने उद्देश्यले आगजनी गरिएको वडाध्यक्ष थापाले बताए । करिब ८ बजे भएको घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कर्यालय वालिङका प्रहरी निरीक्षक हरि पौडेलले बताए । स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीको सहयोगमा १० बजे आगो नियन्त्रणमा आएको थियो ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया