‘प्रधानमन्त्रीलाई हटाउन चुनाव कुर्नुपर्ने’

विराटनगर । पूर्वमत्री एवं नेपाल कम्युुनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य गोकुुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षपदवाट राजीनामा दिने कुरा संभव नभएको वताएका छन् ।  विराटनगरमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीपदबाट हटाउन चुुनावसम्म पर्खनुुपर्ने बताए । विधि र प्रक्रियाबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई जवर्दस्ती राजीनामा गर भन्नुु जनमतको उलंघन गर्नुु हो भने ।

नेता बाँस्कोटाले चुुनावको वेला आगामी प्रधानमन्त्री केपी शर्मा ओली हो भनेर भोट मागेकै कारण जनताले नेकपालाई दुुईतिहाइ मत दिएको बताए । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चुुनाव तथा पार्टी अध्यक्षपदवाट हटाउन महाधिवेशन कुुर्नुुपर्ने उनले बताए ।

उनले लोकतान्त्रिक संविधान निर्माण तथा संघीयताको सफल कार्यान्वयन र नाकाबन्दीको सामना गर्दै मुुलुुकलाई आर्थिक समृद्धीतर्फ अघि बढाउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको बताए । एक प्रश्नमा उनले गणतन्त्रको विकल्प नभएका बताउँदै दलहरूप्रति जनतामा केही असन्तुुष्टि होलान् तर त्यो स्यानो असन्तुुष्टिका कारण व्यवस्था नै परिवर्तन हुुने कुुरा असम्भव छ भने ।

उनले लोकतान्त्रिक पार्टी भनेको नेकपा र नेपाली कांग्रेस पार्टी हो भन्दै यी दुुई पार्टीवाहेक मुुलुकमा राजा आउने तथा राजसंस्था पनि फर्कने कुुरा सपना मात्र हो भने । मान्छे मारेर कुुनै पनि उद्देश्य पूरा नहुुने भन्दै हत्या हिंसाको राजनीति त्याग्न बिप्लव समूहलाई उनले आग्रह गरे । उनले प्रजातन्त्र भनेको चाँदीको थाल हो यसको विकल्प छैन । प्रजातन्त्रमा छलफल र सहमति कायम गरेर सबै समस्याको समाधान गर्न सकिने बताए ।

प्रतिक्रिया