लोकराजको ‘क्या बात’ मा श्रीदेवको रोमान्स

काठमाडौं । गीतकार लोकराज अधिकारीको पछिल्लो गीत ‘क्या बात’ सार्वजनिक भएको छ । अधिकारीको शब्द रचना तथा सरोज कोइरालाको संगीत रहेको उक्त गीतमा गायिका वर्षा दासले कर्णप्रिय आवाज दिएकी छन् ।

सोही गीतको भिडियोमा नायक श्रीदेव भट्टराईले रोमान्स (अभिनय) गरेका छन् । उनको साथमा शिलाश्मा हमाल, आश्मा अधिारी र डा. रोजीना अधिकारीले समेत अभिनय गरेका छन् । हेम प्रभाशले निर्देशन गरेको भिडियो अजय रेग्मीको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको छ ।

लोकराज अधिकारीको युट्यूब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । नायक भट्टराईले केही नेपाली चलचित्रमा समेत अभिनय गरेका छन् । त्यस्तै, पत्रकारीतामा समेत क्रियाशिल रहेका लोकराज अधिकारी कुशल गीतकारका रुपमा पनि परिचित छन् ।

नेपाली आधुनिक तथा चलचित्रमा गीत लेखेका अधिकारीले आफ्ना अघिल्ला गीतहरु जस्तै यो गीतले पनि दर्शक स्रोताको माया पाउने अपेक्षा गरेको बताए । तिम्ले पराई ठानेपछि, रुपै मोहनी, प्यारो लाग्छ तिम्रो माया, मर्छु बरु जस्ता उनले लेखेका धेरै गीत चर्चित छन् ।

प्रतिक्रिया