काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३५९ जना कोरोनामुक्त भएका छन् । कुल संक्रमिमध्ये दुई लाख ३४ हजार २३१ कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ९४.६ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया