आठराईमा बहुप्राविधिक शिक्षालय उद्घाटन

पाँचथर । तेह्रथुम आठराई गाउँपालिका ४ इवामा शुक्रबार बहुप्राविधिक शिक्षालय उद्घाटन भएको छ । शिक्षालय एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथोलो सो स्थानमा, प्राविधिक शिक्षालय उद्घाटन गरिएको हो ।

सो समारोमा मन्त्री राइले, हिजो व्यवसायीक शिक्षाको प्रमाणपत्र बाकसमा थन्क्याएर भौतारीएर बिदेसिनु परेको र अब व्यवहारीक र प्राविधिकशिक्षालयले आत्मनिर्भर हुने बिचार व्यक्त गरे ।

उनले सम्बोधनका क्रममा जनसामु यही माटोमा जन्मिएका प्रधानमन्त्री ओलीले देश हाँकिरहेको र विकासतर्फ वैज्ञानिक देश र नयाँ युगतर्फ लम्किरहेको बताए । गुणस्तरीय शिक्षा, स्वास्थ्य, पिउने पानी, उज्यालो, सडक र खेलकुदलगायत समृद्धितर्फ लागिसेको र राष्ट्रिय आकांक्षा पुरा गरिरहेको बताए ।

उक्त समारोहमा भेला भएका आम नागरिकहरुलाई मन्त्री राईले प्रम ओलीको शन्देश र शुभकामना समेत सुनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) विश्वराज न्यौपानेको अध्यक्षता रहेको थियो ।

उद्घाटनमा संघीय सांसद, प्रदेश सांसद, जिसस प्रमुख, सिटिइभिटी निर्देशक, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय पार्टी प्रतिनिधिहरु र सुरक्षा निकायका अंगलगायतको सहभातिा रहेको थियो ।

प्रतिक्रिया