हिंसा न्यूनीकरण गर्न न्यायिक समिति गठन

पाँचथर । जिल्लाको आठ वटै पालिकामा सबै खाले हिंसा न्यूनीकरण गर्न न्यायिक समिति सञ्जाल गठन भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर उपस्थित भेलाले उक्त सञ्जाल गठन गरेको हो । भेलाले आठ वटै स्थानीय तहहरू समेटेर उक्त संजाल गठन गरिएको फिदिम नगरपालिकाका सूचना अधिकारी निर्मला दाहालले जानकारी दिइन् । फिदिम नगरपालिकाको संयोजनमा गत मंगलबार जिल्लाका सबै स्थानीय तहका न्यायिक समिति संयोजकहरूको अन्र्तक्रिया कार्यक्रमको आयोजना भएको थियो । उक्त अन्र्तक्रिया कार्यक्रममा स्थानीयतहहरूले अभियानको विषयमा आआफ्नो प्रस्तुतीकरण गरेका थिए । यस अन्र्तक्रियाबाट जिल्लाका पालिकाहरूबीच समन्वय गर्न तहगत सञ्जाल निर्माण गर्ने सहमति र निर्णय भएको छ । यसलाई संस्थागत गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ तथा दफा ११ को उपदफा २ को खण्ड ७४ र दफा ११ को उपदफा ७ बमोजिम एक कार्यविधि वनाउन फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।

यसले आगामी दिनमा जिल्लाका पालिकाहरूवीच साझा सरोकारका विषयमा सहकार्य, साझेदारी र संयुक्त व्यवस्थापन गरी लागत न्यूनीकरण, स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रभावकारी बनाउन सकिनेछ । र, असल अभ्यासको अनुकरण एवं अनुभवको आदानप्रदान गरी सेवा प्रवाहमा सहजीकरण गर्दै सबैखाले हिंसा न्यूनीकरण हुने उद्देश्य रहेकोे नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका अधिकारीले बताए ।

यस्तै अभियानकै रूपमा फिदिम नगरपालिकाभित्र सडकमा रहेका पाँच जना मानसिक समस्या भएका व्यक्तिहरूलाई नगरपालिकाले उनीहरूको व्यवस्थापनका लागि सरसफाइ र स्वाब परीक्षण गराई मानव सेवा आश्रम विराटनगरमा उपचारका लागि पठाएको कार्यक्रममा जानकारी गराइएको थियो । लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ यस वर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ ।

अन्तत्र्रिmया कार्यक्रम फिदिम नगरपालिका उपमेयर उर्मिला प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका प्रमख ओनाहाङ नेम्बाङ, याङवरक गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ, कुम्मायक गाउँपालिका उपाध्यक्ष सीता आचार्य, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राई, फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष देवित्रा आङदेम्बे, फालेलुङ गाउँपालिका उपाध्यक्ष हिमा अधिकारी, कुम्मायक गाउँपालिका न्यायिक समिति सदस्य तारा लुइँटेल, शिक्षा अधिकृत निर्मला दाहाल, फिदिम नगरपालिकाका मेयरका प्रेस सल्लाहकार तथा रेडियो दिव्यवाणीका अध्यक्ष जितेन्द्र भण्डारी, महिला विकास निरीक्षक शर्मिला खापुङ, अपांग सेवा संघबाट समीक्षा सुनवार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया