पलाँतामा बन्यो १५ शैय्याको अस्पताल, मुख्यमन्त्री शाहीद्धारा उद्घाटन

कालिकोट । पलाँता गाउँपालिकाको थिर्पुमा १५ शैय्याको अस्पताल बनेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पलाँता गाउपालिकामा निर्मित १५ शैयाको अस्पताल उद्घाटन गरेका हुन । आर्थिक बर्ष २०७६/७७ मा कर्णाली प्रदेस सरकार बाट प्राप्त विशेष अनुदान रकमबाट ४० लाख र पलाँता गाउपालिकाको वित्तिय समान्यिकरण रकमबाट ३० लाख गरि जम्मा ७० लाख लागतमा पलाँता गाउपालिकामा निर्मित पलाँता अस्पतालको एक कार्यक्रम गरि १५ शैय्या अस्पताल निर्माण भएको हो ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख प्रतिनिधि, पत्रकार लगाएत पलाँता बासिको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले बजेटको ब्यवस्था गरि सरकारले पठाउने भएकाले बिकास गर्ने जिम्मा पलाँताबासिको नै रहेको बताए । उनले भने अब पलाँताका नागरिकले औषधी खान नपाई अकालमा ज्यान गुमाउन पर्ने दिन फर्किने छैनन् ।

मुख्यमन्त्री शाहीका अनुसार अब कोरोना बिरामिहरुको उपचार सरकारले गर्छ ढुक्क भएर चिन्ता नलिइ बस्नु होला । पलाँताको बिकास निर्माणमा जनहितमा जारि योजना प्रदेस सरकारबाट निरन्तर पठाईरहने प्रतिबद्वता समेत शाहीले गरेका छन् । पलाँतामा जोड्ने बेल्केढुंगा फेरि, पुल, खानेपानि, सडक, स्वास्थ्य, बिधुत्त लगाएतका क्षेत्रमा विशेष जोड दिने प्रतिबद्वता मुख्यमन्त्री शाहीले गरेका थिए ।

कार्यक्रममा गाउपालिका अध्यक्ष लक्षमण बहादुर बमले १५ शैय्याको अस्पतालमा बिशेषज्ञ डाक्टरको दरवन्दिका लागि प्रदेश सरकारले पहल गरिदिनहुन अनुरोध गरे । अध्यक्ष बमले ५ बर्षिय अबधी भित्र पलातामा नेपानी, सडक, बिद्दुत, स्वास्थ्य, शिक्षा लगायतका भौतिक पुर्वाधारका विकासमा दिगोपना हुनेगरी काम गर्ने बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया