छोरीको कुटपिटबाट बुबाको मृत्यु

काठमाडौं । उदयपुरको लिम्चिुङबुङ गाउँपालिका २ डाँडागाउँमा एक युवतीको कुटपिटबाट बुबाको मृत्यु भएको छ। हत्या गरेको आरोपमा २८ वर्षीया अनिशा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ।

उनले मंगलबार बुबा ५५ वर्षीय नेत्रबहादुर पुलामी मगरको कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ। उनीहरूबीच घरायसी झगडा भएको र सो क्रममा अनिशाले बुबालाई कुटपिट गरेको पाइएको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते भएका नेत्रबहादुरको हिजो मृत्यु भएको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यायल र इलाका प्रहरी कार्यालय लिम्चिुङबुङबाट खटिएको प्रहरी टोलीले अनिशालाई पक्राउ गरेको हो। युवतीविरुद्ध कर्तब्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया