बुढीनन्दामा परियोजना परिचयात्मक कार्यक्रम

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा एक दिने परीयोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बेलायत सरकार, नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा संचालन भएको कोभिड–१९ जिविकोपार्जन तथा आर्थिक पुर्नउथ्थान कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदमकुमार गिरीको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमा आईडिएस नेपालका कार्यकारी निर्देशक प्रकास कोईराला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरु प्रमुख प्रशासकिय अधिकृत नगरपालिका स्थित विभिन्न शाखा प्रमुख लगायत २५ जना बढिको सहभागिता रहेको आईडिएस नेपालका रिपोटिङ्ग अफिसर शिवानि भटराईले जानकारी दिइन ।

बाजुराका ५ वटा स्थानिय तह गौमुल, स्वामीकार्तिक, जगन्नाथ , हिमालि गाउँपालिका र बढीनन्दा नगरपालिकामा संचालन भएको कार्यक्रमले कोभिड–१९ बाट प्रभावित भएका २ हजार ९ सय ६६ घरधुरीका स्थानीय प्रत्यक्ष लाभाम्वित हुने बताईएको छ । कार्यक्रमको सहजीकरण कार्यक्रमका फिल्ड संयोजक मुकेश शर्माले गरेका थिए ।

त्यस्तै केहिदिन यता आईडियस नेपालद्धारा संचालित विद्यालय सरसफाई कार्यक्रमको समेत संयुक्त अनुगमन गरिएको छ । अनुगमन कार्यक्रम हिमाली गाउँपालिकाको जनता आधारभुत विधालय, जगन्नाथ गाउँपालिकाको बालविका आधारभुत विधालय र स्वामीकार्तिक गाउँपालिकाको कर्णाली आधारभुत विधालयमा संयुक्त अनुगमन गरीएको आईडिएस नेपालका जिल्ला संयोजक प्रेमराज खनालले जानकारी दिए ।

प्रतिक्रिया