‘भ्रष्टाचारमा शून्य सहनशीलता बढ्यो’

अर्घाखाँची । लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले भ्रष्टाचारमा शून्य सहनशीलता बढेको जिकिर गरेका छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्वद्धनका लागि जिल्लास्तरीय नागरिक सञ्जालको समन्वयमा भएको कार्यक्रममा बोल्दै घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचार बढ्नुको एथेष्ट प्रमाण नभएको भन्दै उजुरी बढ्नु सरकारले ल्याएको भ्रष्टाचार बिरुद्धको शून्य सहनशीलता नीतिको उपज भएको बताए ।

भ्रष्टाचार निवारण र लैंगिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयक अन्तत्र्रिmया कार्यक्रममा घिमिरेले भने, ‘नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास बढदो छ, यसरी सुशासन अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्छ, भ्रष्टाचार विरोधी अभियानले गति लिएको छ, लैंगिक हिंसा, भ्रष्टाचार, सामाजिक विकृति विसंगतीको अन्त्य गर्न पहिला आआफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्छ ।’

सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालिकाले भ्रष्टाचार मुक्त नगरपालिका बनाउने अभियानमा अनवरत रूपमा लागिरहेको बताए । नगरप्रमुख भुसालले भने, ‘विभिन्न योजनामा बजेट परेपछि कार्यसम्पन्न र भुक्तानी नहुँदै पनि अनियमितताको बारेमा उजुरी हाल्ने गलत परिपाटी बस्ने गरेको छ, पारदर्शिता र सुशानशन कायम गर्ने हामी प्रतिबद्ध छौँ ।’

भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले भ्रष्टाचार निवारण आपैmँबाट सुरु गर्नुपर्ने भन्दै थापाले राज्यको उपल्लो ओहोदाबाटै भ्रष्टाचारजन्य गलत मानसिकलाई त्याग्दै सबै दूरदराजसम्मको मानसिकतामा सुधार ल्याउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लामा भ्रष्टाचारमा संलग्नलाई प्रोत्साहित नगरी निरंकुशताका साथ नीतिको कार्यान्वयन गरिने बताए । प्रजिअ पौडेलले व्यक्ति, संस्था, समूह तथा राज्यका तह तथा तप्काहरू सार्वजनिक निकाय रहेको उल्लेख गर्दै हरेक सार्वजनिक निकायलाई भ्रष्टाचार मुक्त गरी सुशासन कायम गर्न प्रतिबद्धताका साथ लागेको बताए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधवराज बुढाथोकी, संयुक्त दलित अधिकार मञ्चका संयोजक ठाकुर सौराग, अन्तरपाटी महिला सञ्जालका प्रतिनिधि ईश्वर पोख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल लगायतले बोल्दै भ्रष्टाचार सामाजिक अपराध भएकोले त्यसको अन्त्य गर्न सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले भ्रष्टाचार निवारणमा सार्वजनिक निकायको भूमिका र गैसस महासंघका सागर परियारले लैंगिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षता, सदस्य फर्सुराम पाण्डेको स्वागत मन्तब्य र सचिव राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया