शिक्षकबाटै १४ वर्षीया विद्यार्थी बलात्कृत

झापा । जिल्लाको दमकमा शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्। दमकस्थित एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा पढ्ने एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ। प्रहरीका अनुसार अभियुक्त शिक्षक फरार भएका छन् र उनको खोजी भइरहेको छ। स्थानियका अनुसार ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन्।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको विषयमा उजुरी आएसँगै प्रहरी अनुसन्धानमा जुटेको बताएका छन्। अनुसन्धनका क्रममा ती शिक्षक भारतीय भएको र उनी हाल फरार भइ भारत छिरेको पण्डितले जानकारि दिए। ती १४ बर्सिया बालिका हाल परिवारकै साथमा रहेकी छिन्। प्रहरी श्रोतका अनुसार बालिकाको पेटमा ६ हप्ताको बच्चा रहेको छ।

प्रतिक्रिया