विराटनगर । शारीरिक अपांगता भएका मोरङ कटहरी–४ का युुवालाई व्यवसाय सञ्चालनका लागि बिउपूँजी वितरण गरिएको छ । द ल्याप्रोसी मिसन नेपाल टिएलएम फाउन्ड परियोजनाले कुुष्ठरोगका कारण अपांग भएका झरिलाल वास्केलाई व्यवसाय सञ्चालनका लागि २३ हजार ५ सय रुपैयाँ बिउपूँजीको रूपमा वितरण गरिएको हो । लामो समयदेखि ह्विलचियर प्रयोग गर्दै आएका वास्केलाई घडी मर्मत पसल सञ्चालनका लागि मद्दत पुुगोस् भन्ने उद्देश्यले बिउपूँजी सहयोग गरेको संस्थाका क्लस्टर प्रमुुख विपीन दासले बताए ।
अपांग भए पनि उनीसँग भएका सीपलाई प्रयोग गरी परिवारको पालनपोषण तथा उनीहरूलाई संपागजस्तै सक्षम र सबल बनाउँदै स्वरोजगार बनाउन संस्थाले विराटनगरलगायत आसपासका गाउँ तथा नगरपालिका क्षेत्रमा रहेका अपांगहरूलाई बिउपूँजी वितरण गर्न थालिएको संस्थाका प्रमुुख दासले बताए । अन्तर्राष्ट्रिय अपांग दिवसको अवसर पारेर संस्थाले अपांगता भएका व्यक्तिलाई ई–रिक्सा तथा व्यवसाय सञ्चालनका लागि बिउपूँजी वितरण गर्न सुुरु गरेको हो । अहिलेसम्म एक जनालाई ई–रिक्सा तथा तीन जनालाई बिउपूँजी प्रदान गरेको जनाएको छ ।
कटहरी गाउँपालिकाका प्रमुुख रामकुुमार कामतले वास्केलाई बिउपूँजी प्रदान गर्दै फाउन्ड परियोजनाले सुरु गरेको कामको सराहना गरे । अध्यक्ष कामतले अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउने अभियानमा गाउँपालिका फाउन्ड परियोजनासँग हातेमाले गरेर अघि बढ्न तयार रहेको बताए । रकमको अभावमा सीप भएर पनि व्यवसाय सञ्चालन गर्न नसकेका वास्केले बिउपूँजी पाउँदा आपूmुलाई ठूुलो सहयोग पुुगेको र यो रकमबाट मन लगाएर व्यवसाय सञ्चालन गर्ने बताए ।
उद्योग वाणिज्य महासंघ तथा राष्ट्रिय अपांग महासंघको सहकार्यमा चार वर्षसम्म सञ्चालन हुुने सो परियोजनाले महानगरपालिकासहित आसपासका क्षेत्रका साढे सात सय अपांगलाई पूर्णरूपमा काम गर्न सक्नेगरी स्वरोजगार बनाउने संस्थाको लक्ष्य रहेको संस्थाका प्रमुुख दासले बताए । शारीरिक अपांग भएका २ सय २५ जनालाई बिउपूँजी वितरण गर्ने र उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सबल र सक्षम बनाइने जनाइएको छ ।
प्रतिक्रिया