नेपाल बंगलादेश बैंकद्वारा रकम हस्तान्तरण

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ मात्र रकम हस्तान्तरण गरेको छ । समितिले स्थापनाकालदेखि नै आफ्नो क्षेत्रभित्र बाटो, दल, खानेपानी, बिजुली बत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाइको कार्य अनवरत रूपमा गर्दै आएको छ ।

हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोही पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिनेछ । बैंकको कमलादीस्थित प्रमुख कार्यालयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्कबहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेको थियो ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले सो नाराअनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्गका सर्वसाधारणको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया