जथाभावी सवारीसाधन पार्किङ गर्न नपाइँने

मुगु । सदरमुकाम गमगढीमा आगामी पुस १ गतेदेखि लागू हुने गरी सवारीसाधन जथाभावी बजारमा पार्किङ गर्न नपाइँने भएको छ । शुक्रबार छायाँनाथ रारा नगरपालिका र जिल्लाका सरोकारवाला निकायको निर्णयले बजार व्यवस्थापन र फाहोरमैला व्यवस्थापनका विषयमा छलफल गरी पुस १ गतेबाट लागू हुने सो निर्णय गरेको हो ।

बजारमा सवारीसाधन जथाभावी पार्किङ गर्नाले बजारमा फोहोरमैला भएको र बजार क्षेत्र दुर्गन्धीत भई आवतजावतमा समस्या भएपछि छायाँनाथ रारा नगरपालिका र सरोकारवाला निकायको निर्णयले बजारमा जथाभावी पार्किङ गर्न नपाइँने र सवारीसाधन निमार्णधिन बसपार्ममा पार्किङ गर्ने निर्णय गरेको छ ।

बजार क्षेत्रमा जथाभावी सवारी पार्किङ गर्नाले अव्यवस्थित पानीका पाईप र स्थानीयले सडकमै फोहोर गर्ने गरेकाले बजारक्षेत्र दुर्गन्धीत भएको छ । सडक हिलाम्य हुदाँ सडक जाम हुने हिँडडुलमा समस्या हुने गरेकाले नगरपालिकाले बाध्य भएर बजार व्यवस्थापनका लागि यस्तो निर्णय गरेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरीजंग शाहीले बताए ।

उनका अनुसार बजार क्षेत्रको न्युरोड सडक जथाभावी सवारीसाधन पार्किङ गर्नाले हिलाम्य छ । त्यो सडकलाई व्यवस्थाप गर्न र बजार क्षेत्रलाई सुन्दर बनाउन सरोकारवाला निकायको छलफलपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख शाहीले बताए । उनका अनुसार सवारीसाधन बसपार्कमा मात्र पार्किङ गरिने र अन्य सार्वजनिक स्थानमा गरेमा कारवाही गरिने छ ।

बजार व्यवस्थापन र बजारको फोहोर व्यवस्थापनका लागि प्रहरी र विभिन्न निकायसँग नगरपालिकाले समन्वय गरी डस्टविन राख्ने सडकमा रहेका पाईप व्यवस्थापन गर्ने, गमगढी बजार आगलागीको उच्च जोखिमा रहेकाले दमकल खरिद गर्ने र प्रत्येक सरकारी तथा गैर सरकारी संस्था व्यवसायिले अग्नी नियन्त्रण यन्त्र राख्ने निर्णय गरिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

न्युरोडको हिलाम्य सडक कर्णाली राजर्मागमा पर्छ । हिलाम्य सडक नगरपालिकाले मर्मत गर्न खोज्दा लेखापरिक्षणले बेरुजु निकाल्ने भएकाले सडक मर्मत गर्न सडक विभाग जुम्ला र काठमाडौंलाई दबाब दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया