पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।आज पोखरा महानगरपालिका ८ की ६६ वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मृतक महिलालाई १३ गते कोरोना पुष्टि भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचाप र निमोनिया भएको थियो। योसँगै कास्कीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ। उपचाररत ७ सय १२, संक्रमणमुक्त ४७ सय ७५ र कुल संक्रमित ५५ सय ३८ छन्।

प्रतिक्रिया