खोजखबर

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

सौर्य अनलाइन २०७७ मंसिर १९ गते १२:५४ मा प्रकाशित

दाङ । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय