धार्चेको भर्चुअल फोटो प्रदर्शनी

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटो नेपाल प्रदर्शनीअन्तर्गत गोरखाको धार्चेको प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटो प्रदर्शनी गरेको छ । मंसिर १६ गतेदेखि सुरु भएको अनलाइन प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल डब्लुडब्लुडब्लु डट फोटोनेपाल डट ट्राभलमा अनलाइन गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी र धार्चेको अनलाइन पहँुच बढाउनसमेत यी संस्थाको पहलम विविध कार्यक्रम गरिरहेको छ ।

फोटो नेपाल पोर्टलमार्फत आह्वान गरी प्राप्त सयभन्दा बढी फोटोमध्ये छानिएका ४० लाई प्रदर्शनीमा राखिएको हो । २५ मंसिरसम्म हुने प्रदर्शनी र त्यसपछि धार्चेको भर्चुअल टुर कार्यक्रम आयोजना गरिने बोर्डले जनाएको छ । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले चार वर्षदेखि आयोजित फोटो नेपालले धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिस काउन्सिलको साथ पाएर अझ बढी व्यापक भएको बताए । उनले सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालमा जानकारी राखी धार्चेको पहँुच बढाइदिनु हुन अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया