चेल्सीको सानदार जित

पेरिस । फ्रेन्च फरवार्ड ओलिभर जिरुउडको चार गोल सहयोगमा लन्डन क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब सेभियामाथि ४–० को सानदार जित हात पारेको छ । चेल्सीले सेभियालाई उसकै मैदानमा फराकिलो जित निकालेको हो । जिरुउडले पहिलो हाफमा १ तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । रमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा पाहुना टोलीले खेलको आठौं मिनेटमा अग्रता लिएको थियो । काई हार्भटजको पासमा जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

१९औं मिनेटमा ओस्कार रोड्रिग्वेजको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले सहजै विफल पारे । २४औं मिनेटमा इभान राकिटिचको पासमा इड्रिसीको प्रहार फितलो बन्दा सेभिया बराबरीबाट चुक्यो । २७औं मिनेटमा क्रिस्टियन पुलिसिसको प्रहारलाई सेभियाका गोलरक्षक पास्टरले बचाए । ४९औं मिनेटमा गोन्काले गुइडेजको पासमा ओस्कारको प्रहार पोस्टनजिकैकाट बाहिरियो । ५४औं मिनेटमा माटियो कोभासिसको पासमा जिरुउडले व्यक्तिगत दोस्रो गोल गरे । ६९औं मिनेटमा मासन माउन्टले सुवर्ण अवसर खेर फाल्यो ।

७४औं मिनेटमा एङ्गोलो कान्टेको पासमा जिरुउडले गोल गर्दै ह्याट्रिक पुरा गरे । ८३औं मिनेटमा जिरुउडले पेनाल्टीमार्फत चौथो गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए । आफै पेनाल्टी बक्समा सर्जी गोमेजले फल गरेपछि प्राप्त पेनाल्टीमा उनी चुकेनन् । ओलभिर जिरुउड सन् २०१० पछि एकै खेलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । २०१० मा हालका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध चार गोल गरेका थिए ।

यो यो फराकिलो जितसँगै अपराजित रहेको चेल्सी समूह ‘ई’ बाट समूह विजेता बन्दै प्रि–क्वाटरफानलमा पुग्न सफल भएको छ । चेल्सीको ५ खेलबाट १३ अंक छ । पराजित सेभिया १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीको ५ खेलबाट १३ अंक छ । पराजित सेभिया १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ । क्रास्नोडरको ४ तथा रेनेसको १ अंक छ ।

यही समूहको अर्काे खेलमा रसियन क्लब क्रास्नोडरले फ्रेन्च क्लब रेनेसमाथि १–० को जित दर्ता गर्दै युरोपा लिगको प्ले अफ खेल्न सम्भावना बलियो बनाएको छ । क्रास्नोडरको जितमा मार्कुस वगले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो

प्रतिक्रिया