अपांगता दिवसको अवसरमा २५ जनाले पाए परिचय पत्र

मुगु । कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता तथा अपांगता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ २९औं अन्तराष्ट्रिय अपांगता दिवस मुगुमा पनि मनाईएको छ । छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा अपांगता पुर्नस्थापन तथा ग्रामिण बिकास केन्द्र डार्डो नेपाल मुगुको समन्वयमा दिवश मनाईएको हो । दिवसको अबसरमा मुगुको छायाँनाथ रारा नगरपालिकाले २५ जना अपांगता भएका ब्यत्तिलाई अपांगता परिचय पत्र वितरण गरिएको छ । संघीय संरचना पछि दोस्रोे पटक छायाँनाथ रारा नगरपालिकाले बिहिबार २५ जना अपांगता भएका ब्यत्तिलाई परिचय पत्र वितरण गरेको हो ।

पहिलो चरण गहेको असोज १४ गते २९ जना अपांगता भएका ब्यत्तिलाई परिचय पत्र बितरण गरेको नगरपालिकाले दोस्रो चरण अपांग दिवशका अबसरमा २५ जना गरी हाल सम्म ५४जनालाई अपांगता परिचय पत्र वितरण गरिसकेको छ ।अपांगता अधिकार ऐन २०७४ र कार्यविधि २०७५मा उल्लेख भए अनुसार सबै स्थानीयतहलाई अपांगता परिचय पत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत छायाँनाथ रारा नगरपालिकाले पहिलो चरणमा २९ जनार दोस्रो चरणमा २५ जना गरेर ५४ जनालाई अपांगता परिचय पत्र वितरण गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिकाकी उप–प्रमुख सुन्तला रोकायाको संयोजकत्वमा गठित ११ सदस्यीय अपांगता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपांगता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचय पत्र वितरण गरिरहेको छायाँनाथ रारा नगरपालिकाकी नगर उप–प्रमुख सुन्तला रोकायाले बताईन । नगर भित्रका पहिलो चरणमा २९ जनार दास्रो चरणमा २५ जनाले अपांगता परिचय पत्र प्राप्त गरेका छन । अपांगता समन्वय समितिले उनीहरुको शारिरिक अशक्तताको आधारमा छनोट गरि श्रेणीका आधरमा परिचय पत्र वितरण गरिएको उप–प्रमखु रोकायले बताईन ।

दोस्रा चरणमा क वर्गका २ जना ख वर्गमा ५ ग वर्गका ६ जना र घ वर्गमा १३ जनागरि जम्मा २५ जनाले दिबसको अबसरमाअपा¬ता परिचयपत्रपाएका छन । यसैबीच अपांगता परिचय पत्र वितरण कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले यस नगर भित्र रहेका सम्पूर्ण अपांगता ब्यत्तिको हितको संरक्षण गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिमलगायतका अवसरमा सहभागि गराउन नगरपालिकाले अपांगता परिचय पत्र वितरण कार्य शुरु गरेको बताए । चरणबद्ध तरिकाले निवेदका आधारमा अपांगता परिचय प्रत्र वितरण गरिने उनले बताए । उनका अनुसार नगरभित्रका धेरै अपांगता भएका ब्यत्तिले परिचय पत्र नपाउदा समावेशीकरण हुन तथा राज्यको सेवा सुविधा बाट बञ्चित हुन परेको थियो ।

त्यो अब नगरपालिकाले खुल्ला गरेको छ । कोहि अपांगता भएका ब्यत्तिले यस कार्यलयमा अपांगता परिचय पत्र पाउँ भनि निवेदन दिएमा र अपांगता परिचय पत्र वितरण समन्वय समितिले उसको शारिरिक परिक्षण गरी योग्य ठहर भएका अपांगता परिचय पत्र सजिलै पाउने नगर प्रमुख शाहीले बताए ।

प्रतिक्रिया