ओझेलमा महत्वपूर्ण सडक

गण्डकी प्रदेशका १० वटा जिल्लालाई तराई (नारायणगढ) सँग जोड्ने छोटो दुरीको भरपर्दो सडक हो, ‘बुद्धसिंह राजमार्ग’ । तर, यो सडकको महत्वबारे संघीय सरकार तथा गण्डकी प्रदेश सरकार बेखबर हुँदा मलुकले ठूलो संभावना गुमाइरहेको छ । मुग्लिन–नारायणगढ सडक खण्डको बीचमा पर्ने घुमाउनेघाट र पृथ्वीराजमार्ग अन्तरगतको तनहुँ जिल्ला सदरमुकाम दमौलीलाई यो सडकले जोड्छ । सडकको लम्बाई जम्मा ३० किलोमिटर छ । दमौलीबाट मुग्लिन हु“दै नारायणगढ पुग्न ७० किलोमिटर दुरी पार गर्नुपर्छ । जुन दुरी तय गर्न डेढदेखि दुई घण्टा लाग्ने गर्छ । तर, दमौलीबाट बुद्धसिंह राजमार्ग हुँदै घुमाउनेघाट निस्केर नारायणगढ पुग्न ४५ किलोमिटर दुरी पार गरे हुन्छ । सडक सिधा भएकोले समय पनि एक घण्टाभन्दा कम नै लाग्छ । गण्डकी प्रदेशका १० जिल्लाबाट तराईमा दैनिक पाँच हजार सवारी साधनहरू ओहोरदोहोर गर्छन् । बुद्धसिंह राजमार्ग प्रयोग हुने हो भने इन्धन र समय दुवैको वचत हुन्छ । साथै मुग्लिन क्षेत्रमा ट्राफिक जामको समस्या पनि कम हुन्छ । मुग्लिनदेखि घुमाउनेघाटसम्म पहिरोले बेलाबेलामा दुःख दिइरहने भिर क्षेत्र पर्छ । यस खण्डमा पहिरो जाँदा तथा सडकमै गाडी बिग्रेर अवरोध सिर्जना भएको अवस्थामा राजधानी काठमाडौं र नारायणगढ आवतजावतका लागि पनि वैकल्पिक सडकका रूपमा वुद्धसिंह राजमार्ग प्रयोग गर्न सकिन्छ ।

घुमाउने घाटमा त्रिशुली नदीमाथि पुल निर्माण हुन नसकेकै कारण यो मार्ग प्रयोगमा आउन सकिरहेको छैन । तनहुँ जिल्ला विकास समितिको सक्रियतामा दुई दशकअघि नै बुद्धसिंह राजमार्गको ट्रयाक खुलिसकेको हो । ट्रयाक खुल्नासाथ घुमाउनेघाटमा पुल निर्माणका लागि तनहुँ जिल्ला विकास समितिले ताकेता ग¥यो । तर, एकातिर स्थानीय निकाय जनप्रतिनिधिविहीन बने भने अर्कातिर केन्द्रमा पहु“च भएका तनहुँका ठूला नेताहरूले खासै चासो दिएनन् । नेपाली कांग्रेसको सत्ता कार्यकाल भरी तनहुँको गोविन्दराज जोशी र रामचन्द्र पौडेल निरन्तर पहुँचमा रहे । तर, यो सडकको महत्व उजागर गरी राष्ट्रिय प्राथमिकतामा पार्न सकेनन् । मुग्लिन– नारायणगढ सडक विस्तार गर्नुअघि बुद्धसिंह सडक सञ्चालनमा ल्याउन सकेको भए मुलुकले सास्ती बेहोर्नुपर्ने थिएन । तर, त्यो अवसर गुम्यो । गत आमनिर्वाचनमा वरिष्ठ नेता पौडेलले चुनाव हार्नुको कारण पनि यही अदूरदर्शिता थियो । आमनिर्वाचनमा नेकपाका युवा किसान श्रेष्ठले चुनाव जिते । चुनाव जित्नासाथ घुमाउने घाटमा पुल निर्माणका लागि ताकेता सुरु गरे । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ०७५ माघदेखि पुल निर्माण सुरु भयो । काम सम्पन्न हुने मिति सकिन अब लगभग एक महिना बाँकी छ । तर, प्रगति भने पा“च प्रतिशत पनि भएको छैन ।

पुल निर्माणको ठेक्का करिब आठ करोड रुपैया“को लागतमा हेटौ“डाको मृत सञ्जिवनीलाई दिइएको हो । तनहुँकै व्यास नगरपालिका र ऋषिङगाउँपालिका जोड्ने सेती नदी माथिको स्थानीय पुल पनि त्यही बेला एकैचोटी ठेक्का लागेको थियो । तर, त्यो पुल गत आइतबारदेखि सञ्चालनमा आइसकेको छ । यी दुवै पुलको लम्बाइ, चौडाइ तथा निर्माण लागत बराबर हो । सँगै ठेक्का लाग्यो । एउटा पुल सञ्चालनमा आइसक्यो तर अर्को पुल निर्माणको काम पाँच प्रतिशत पनि सकिएको छैन । जबकी घुमाउने घाटमा निर्माण हुने पुल राष्ट्रिय महत्वको हो ।

जुन पुल सञ्चालनमा आउँदा मुलकको अर्थतन्त्रको गति कसरी बढ्न सक्छ ? भन्ने कुरा माथि नै उल्लेख गरिएको छ । मुलुकलाई आर्थिक समृद्धिमा पछि पार्ने नियतले जानाजान षड्यन्त्र गरिएको त होइन ? भन्ने आशंक सिर्जना भएको छ । सडक नै नभएका ठाउ“मा निर्धारित समयभन्दा छिटो पुल बनेका उदाहरणहरू छन् । गण्डकी प्रदेशमै हेर्ने हो भने १०÷१५ करोड रुपैया“ खर्च गरेर बनाइएका पुलमा दैनिक तीन÷चार वटा गाडी गुड्ने गरेको देखिएको छ । घुमाउने घाटमा निर्माण हुने पुल त दैनिक पा“च हजारसम्म गाडी गुड्ने पुल हो । सरकारमा रहनेहरूमा खोइ यो चेतना ?

प्रतिक्रिया