बैंक अफ काठमाण्डूको साधारणसभा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समारोहमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको हो ।सभाले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्डबमोजिम तयार वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ ।

सभाले ०७६/७७ सम्मको सञ्चित नाफाबाट ०७६ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  बैंकले हाल ८९ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया