लक्ष्मी हुन्डाईको ‘क्लिक टु बाइ’ सेवा

काठमडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्लिक टुु बाइ सेवाको सुरुआत गरेको छ । कम्पनीले आधिकारिक वेबसाइटबाट क्लिक टु बाई सेवाको सुरुआत गरेको हो । ग्राहकले चाहिएको गाडी सजिलै खोज्ने र गाडीको विशेषता, मूल्य, छुट तथा गाडिको रंगलगातका छनौट गरी खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।

कोभिड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन कम्पनीले यो सेवा सुरु गरेको जनाएको छ । यो पोर्टलमार्फत गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ । बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनमार्फत गर्न सकिने अथवा अनलाइन ट्रान्सफर वा चेकमार्फत डिलरसिपलाई बाँकी रकम तिरेर गाडीको डेलिभरी लिन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले हुन्डाई क्लिक टु बाई प्रयोग गरी हुन्डाई गाडी खरिद गरेमा १० हजारको सर्भिस भौचर प्रदान गर्ने जनाएको छ । सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितिबाट एकवर्षसम्म रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया