अवैध काठ बरामद

स्याङ्जा । जिल्लाको पिँडीखोलामा अबैध काठ बरामद गरिएको छ । गल्याङ नपा–६ छबिसेमा ग १ त ५३४८ नं को ट्याक्टरबाट साल, चिलाउने र मौवाको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उक्त ट्याक्टरबाट १४ थान चिरेको पुरानो सालको काठ, १२ थान चिलाउनेको काठ र चार थान मौवाको काठ बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

काठ बोकेको आरोपमा ट्रयाक्टर चालक गल्याङ नपा–५ बस्ने २० वर्षीय मनिष क्षेत्रीलाई सबडिभिजन वन कार्यालय गल्याङ बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया