११ प्रतिशले लागुुऔषध प्रयोगकर्ता बढ्दै

विराटनगर । मोरङ जिल्लामा ६ सय ४३ जना एचआइभी संक्रमितहरूले एनआरटी सेवा लिइरहेको जनाइएको छ । ३३औँ विश्व एड्स दिवसको अवसरमा विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा ६ सय ४३ जनाले सेवा लिइरहे पनि जिल्लामा संक्रमितहरूको संख्या दुई हजारभन्दा बढी रहेको जानकारी गराइयो ।

कार्यक्रममा दिएको तथ्यांकअनुुसार प्रदेश–१ मा एचआइभी संक्रमितहरूको संख्या १६ सय ८० रहेको छ । जिल्लामा समलिंगी तथा तेस्रोलिंगीको सख्या ११ हजारभन्दा बढी रहेको जानकारी गराइयो । समाजको डरले एक जिल्लाका सक्रमितहरूले अर्को जिल्लामा गएर एनआरटी सेवा लिइरहेका छन् । विराटनगरका संक्रमितहरूले धरानमा गएर यो सेवा लिइरहेका छन् ।

कार्यक्रममा रिचमन फेलोसिप संस्थाका टिम लिडर सञ्जीव चापागार्इंले मोरङ जिल्लामा वार्षिक ११ प्रतिशतका दरले ड्रग युुजरको संख्या बढिरहेको जानकारी दिए । ०६९ सालमा गरिएको तथ्यांकअनुुसार जिल्लामा साढे ६ सय ड्रग युुजर रहेकोमा अहिले त्यो दोब्बरभन्दा बढी संख्यामा बढेकाले त्यसतर्फ राज्यको ध्यान जानुुपर्नेमा जोड दिए । ड्रक युज गर्नेमा अधिकांश १६ वर्षदेखि ४० वर्ष उमेर समूहका मानिस रहेकोे कार्यक्रममा जानकारी गराइयो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले एचआइभी संक्रमितहरूको उपचारका लागि सरकारले छुुट्टै अस्पताल बनाउनुुपर्ने बताए । उनले कोसी अञ्चल अस्पताललगायत अन्य अस्पतालबाट मात्र सेवा प्रदानले मात्र नहुने भन्दै सेवा विस्तारका लागि छुुट्टै अस्पताल आवश्यक रहेको र त्यसका लागि महानगरपालिका, प्रदेश तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । उनले संक्रमितहरूको सेवा सुुविधाका लागि उनीहरूको तथ्यांक संकलन गरी उनीहरूलाई आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

महानगरपालिकाका प्रमुुख प्रसासकीय अधिकृत इन्द्रमणि पोखरेल तथा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुुख ज्ञानबहादुुर बस्नेतले एचआइभी संक्रमितहरूलाई समाजमा स्थापित गरेर उनीहरूलाई रोजगारी प्रदान गर्नेतर्फ ध्यान केन्द्रित हुुनुुपर्नेमा जोड दिए । कार्यक्रमा एचआइभी संक्रमितहरूको उपचार तथा उनीहरूलाई विभिन्न क्षेत्रमा सहयोग पुु¥याउनुु हुुने सञ्जीव चापागार्इं, बद्री मिश्रा र सत्यनारायण शर्मालाई मेयर पराजुुलीले कदरपत्रद्वारा सम्मान गरेका थिए ।

प्रतिक्रिया